११ वैशाख, काठमाडौं । पोखराबाट भैरहवा जाँदै गरेको बस तनुहँको शेराफाँट भन्ने ठाउँमा दुर्घटना भएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक सीडीओ दिपक रेग्मीका अनुसार, अहिले दुर्घटनाग्रस्त गाडीमा सवार घाइतेहरूको उद्धार कार्य भइरहेको छ ।
प्रारम्भिक जानकारी अनुसार, बसमा करिब ३० जना व्यक्ति सवार रहेको उनले बताए ।
यद्यपि बसमा सवार सबै यात्रुको विवरण भने प्राप्त भइसकेको छैन । उक्त यात्रुवाहक बस पोखराबाट भैरहवाका लागि छुटेको थियो ।











