सरकारलाई रक्षा बमको चेतावनी: ‘अहंकारले भरिएको घडा ढल्नेछ, फुट्नेछ’

खबर बुक
  • ख-
  • ख+

११ वैशाख, काठमाडौं ।  जेनजी नेतृ रक्षा बमले सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी तयारीप्रति असन्तुष्टि जनाउँदै सरकारलाई घुमाउरो चेतावनी दिएकी छन् ।

शुक्रबार मध्याह्न सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले वर्तमान सरकारलाई ‘भरिन थालेको कच्चा घडा’को संज्ञा दिँदै अहंकार र हुल्लडवादले भरिएमा त्यसको अन्त्य फुटेर हुने बताएकी हुन् ।

‘अहंकार र हुल्लडवादले भरिएका हरेक घडा ढलेका छन्, फुटेका छन् । भरिन सुरु गरेको यो कच्चा घडा पनि ढल्नेछ, फुट्नेछ,’ उनले लेखेकी छन् ।

सुकुम्बासी बस्ती हटाउने सरकारी कदमको विरोध गर्दै उनले जनताको पीडामा रमाउनेहरूको खुसी धेरै समय नटिक्ने पनि उल्लेख गरेकी छन् ।

सरकारले काठमाडौंका विभिन्न सुकुम्बासी बस्ती खाली गराउने तयारी गरिरहँदा यसविरुद्ध राजनीतिक तथा सामाजिक स्तरमा आलोचना बढ्दै गएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्