७ वैशाख, काठमाडौं । रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ ।
आज बस्ने केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउने प्रस्ताव अघि बढाउने तयारी गरेको स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
‘उहाँ (भूपदेव शाह) लाई महामन्त्रीको रुपमा बैठकमा प्रस्ताव पेश हुने कार्यसूची छ,’ स्रोतले भन्यो, ‘आजकै बैठकले उक्त प्रस्ताव पारित पनि गर्नेछ ।’
शाह यसअघि पार्टीमा केन्द्रीय सदस्य छन् । काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले पद छाडेर रास्वपा प्रवेश गर्दा भूपदेव पनि उनीसँगै सचिवालयमा थिए ।
यसअघि भएको सहमति अनुसार, महामन्त्रीमा सुनिल लम्साल थिए भने भूपदेव सहमहामन्त्री थिए । लम्सालले मन्त्रीको जिम्मेवारी सम्हालेपछि भूपदेवलाई पार्टीको महामन्त्री बनाउन लागिएको स्रोतले बतायो ।











