एकद्वार प्रणालीबाट काम गर्ने गृहमन्त्री गुरुङको पहिलो निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ चैत । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सकिएसँगै सिंहदरबार पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् ।

साथै, उनले आफ्नो कार्यकालको पहिलो निर्णयबारे पनि जानकारी गराएका छन् । उनले सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने निर्णय लिएका छन् ।
सो क्रममा उनले भीआईपी लावालस्कर लगाएर जनतालाई दुस्ख दिने काम गर्न नहुने बताए ।

उनले सर्भिस डेलिभरीका विषयमा गुनासा आउन नदिन कर्मचारीहरूलाई आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्