अमेरिका र इजरायलको इरानमाथि संयुक्त आक्रमण

खबर बुक
  • ख-
  • ख+

इरानमाथि भइरहेको आक्रमण अमेरिका र इजरायलको संयुक्त सैन्य अपरेशन रहेको एक अमेरिकी अधिकारीले अल जजीरालाई बताएका छन्। द्वन्द्व टार्नका लागि विगत केही समयदेखि कैयौँ चरणका वार्ताहरू भएका थिए, जसको पछिल्लो कडी दुई दिनअघि मात्रै सम्पन्न भएको थियो।

विगत १२ घण्टाभित्रै अमेरिका र इरानबिचको अप्रत्यक्ष वार्तामा मुख्य सहजकर्ताको भूमिका निभाइरहेका ओमानका विदेशमन्त्रीले वासिङ्टन पुगेर अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेट गरी भिडन्त रोक्न अन्तिम प्रयास गरेका थिए। तर, अब यो भिडन्त इजरायली मोर्चाबाट औपचारिक रूपमा सुरु भएको पुष्टि भएको छ।

इजरायली सुरक्षा स्रोतका अनुसार पछिल्लो २४ घण्टामा इजरायल र अमेरिकाले अब वार्ताको कुनै सम्भावना नरहेको निष्कर्ष निकालेका थिए। हाल इजरायली आकाश पूर्ण रूपमा बन्द गरिएको छ भने सेनाले संकटकाल घोषणा गर्दै नागरिकहरूलाई सुरक्षित सेल्टर नजिकै रहन आग्रह गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्