काठमाडौँ, २७ मंसिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाका अनुसार आज बिहान देशभर मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति देशभर आंशिक बदली रहने अनुमान महाशाखाले गरेको छ। काठमाण्डौं उपत्यकामा हिवो तुलनामा आज चिसो बढेको छ ।











