काठमाडौँ, १४ मंसिर । हाल देशभर उल्लेखनीय कुनै मौसम प्रणालीको प्रभाव छैन।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।
दिउँसो देशभर आंशिक बदली रहनेछ। राति पनि लगभग यही अवस्था रहने महाशाखाले जनाएको छ।
यस्तै, काठमाडौँ उपत्यकासहित देशभरको न्यूनतम तापक्रम निरन्तर घटिरहेको छ।











