काठमाडौं, मंसिर १३ । शनिबार काठमाडौंबाट पोखराका लागि उडान भरेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ।
काठमाडौंबाट शनिबार दिउँसो पोखराका लािग उडान भरेको ९एन एओसीको बुद्ध एयरमा चरा ठोक्किएको हो।
जहाजमा सवार सबे यात्रुसहित चालक दलका सदस्यहरूको सुरक्षित भएको बुद्ध एयरले जनाएको छ। अहिले जहाजको सुरक्षा जाँच भइरहेको कम्पनीले जानकारी दिएको छ।











