कांग्रेस महाधिवेशनको मिति टुंग्याउन आज पनि देउवानिवासमा छलफल

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेस महाधिवेशनको मिति टुंग्याउन बसेको अनौपचारिक बैठक निष्र्कष बिहिन बनेपछि आज पनि छलफल हुने भएको छ ।

महाधिवेशनको मिति टुंग्याउन आइतबार सरेको केन्द्रीय समिति बैठकअघि सहमति खोज्न सभापति देउवाले शुक्रबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा इतर समूहका नेता डा. शेखर कोइराला लगायतसँग छलफल गरेका थिए ।

उक्त छलफमा संस्थापन र महामन्त्रीद्वयले ल्याएको एक अर्को प्रस्तावमा सहमति नभएपछि शनिबार दिउँसो २ बजे पुनः देउवानिवासमा बैठक बस्ने र सहमतिको प्रयास गर्ने नेताहरूबीच समझदारी भएको छ।

शुक्रबारको अनौपचारिक बैठकमा सहमतिका लागि पुसभित्रै महाधिवेशन गर्ने कार्यतालिका ल्याउने वा केन्द्रीय समितिमा बहुमतका आधारमा निर्णय लिनेबारे छलफल भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्