वैदेशिक रोजगारीमा जाने यात्रुलाई वायुसेवा निगमको भाडामा १० प्रतिशत छुट

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर १२ । रोजगारीका लागि विदेश जाने श्रमिकहरुलाई नेपाल वायुसेवा निगमले हवाई भाडामा १० प्रतिशत छुट दिने निर्णय गरेको छ। खाडी मुलुकमा रोजगारीका लागि जाने श्रमिकहरुलाई भाडादर सस्तो गराउने उद्देश्यले निगमले १० प्रतिशत छुट दिएको हाे।

निगमले काठमाडौंबाट रोजगारीका लागि दमाम, दोहा, दुवई तथा क्वालालाम्पुर गन्तव्यतर्फ जाने श्रमिक यात्रुहरूका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागु गरिएकाे जनाएकाे छ। 

श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा दशवटा सिटमा साविकको भाडामा १० प्रतिशत विशेष सहुलियत दिने निर्णय भएकाे निगमले जानकारी दिएकाे छ। यस्तो भाडादर श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयहरूका टिकट काउन्टरबाट सेवा लिन सक्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्