सर्लाही–२ बाट महिन्द्र राय यादव विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर १०  । सर्लाही–२ बाट प्रतिनिधिसभामा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव विजयी भएका छन् । लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ११ मतान्तरले पराजित गर्दै यादव सांसद निर्वाचित भएका हुन् ।

महिन्द्रले २३ हजार ५२९ मत पाउँदा राजेन्द्रले २१ हजार ५१८ मत पाए । २०७४ सालमा धनुषा ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित महतो यस वर्ष क्षेत्र फेरेर सर्लाही पुगेका थिए । महतोको दल लोकतान्त्रिक समाजवादी पार्टी सत्ता गठबन्धनमा रहे पनि यो क्षेत्रमा भने सत्त गठबन्धनले यादवलाई साथ दिएको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्