पोलिटब्युरो बैठक आजै सक्न ओलीको रुलिङ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन ३ । सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक जारी छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेताहरूले आ–आफ्ना धारणा व्यक्त गर्ने क्रम जारी छ ।

हिजोदेखि सुरु भएको बैठक आगामी भदौमा हुने विधान महाधिवेशन, त्यसको तयारी र पछिल्लो पटक एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण लगायतका विषयमा केन्द्रित छ ।

केहीबेर अघि पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिएको जानकारी अनुसार, हिजो र आज (पछिल्लो अपडेट) मा जम्मा ३२ जनाले आ–आफ्नो धारणा राखेका छन् ।

केहीले लिखित रुपमा पनि आफ्नो कुरा बैठकमा पेस गरेको गौतम बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्