रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पत्रकार सम्मेलन गर्दैछ ।

आज (बिहिबार) दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिक घटनाक्रम धारणा सार्वजनिक पार्टी प्रवक्ता मनिष झाले बताए ।

रास्वपाले पार्टी सभापति रवि लामिछानेप्रति राजनीतिक प्रतिसोध भएको भनेर हस्ताक्षर अभियान चलाउँदै आएको छ ।

हस्ताक्षर अभियानका साथै समसामयिक राजनीतिक घटनाक्रम, सदन बहिष्कार, रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार चयन कार्यविधि लगायत विषयमा समेत पार्टीको धारणा सार्वजनिक हुने पार्टी प्रवक्ता झाको भनाइ छ ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्