दुई संसदीय समितिको बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ–आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आ.व.२०८३/८४को मौद्रिक नीतिमा समेट्नु पर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा समितिको कार्यविधि तथा आचार संहिता मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदनका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । समितिको हालै सम्पन्न स्थलगत अनुगमन भ्रमणको प्रतिवेदनका सम्बन्धमा छलफल हुने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्