जसपाले फिर्ता लियो समर्थन, राष्ट्रियसभामा सरकार अल्पमतमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३२ असार । जनता समाजवादी पार्टी नेपालले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार दिउँसो बसेको जसपा नेपालको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्षसहित यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता लिन निर्देशन दिए अनुसार आज समर्थन फिर्ता लिएको हो ।

जसपा नेपालको यो पछिल्लो निर्णयसँगै संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा ओली सरकार अल्पमतमा परेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्