नवनियुक्त प्रशासनमन्त्री न्यौपानेको शपथ आज

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३२ असार । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ ग्रहण आज हुँदैछ।

शपथ दिउँसो तीन बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा गरिने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
निर्वतमान मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि हिजो राजीनामा दिएका थिए।
हिजो नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिजै न्यौपानेलाई मन्त्री नियुक्त गरेका थिए। शपथसँगै आजै कार्यभार सम्हाल्ने मन्त्री न्यौपानेको तयारी छ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित न्यौपाने पछि राष्ट्रियसभा सदस्य बनेकी थिइन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्