काठमाडौं, असार ३१ । सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२ प्रतिनिधिसभामा पेस भएको छ।
समितिका सभापति ऋषिकेश पोखरेलले आजको बैठकमा प्रतिवेदन पेस गर्दै अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, खानेपानीलगायत मन्त्रालयको धेरै बेरुजु भएको र त्यस विषयमा समितिमा छलफल सम्पन्न भइसकेको जानकारी दिए। समितिको २५६ वटा बैठक सकिएको उनको भनाइ थियो।
सांस्कृतिक सम्पदा भाडाामा दिने काम रोक्न समितिले सरकारलाई निर्देशन दिएको सभापति पोखरेलले जानकारी दिए। बेरुजुको सम्परीक्षण भइरहेको उनको भनाइ थियो। बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले पढेर सुनाएका थिए।











