सरकारले गरेका राम्रा कामलाई देख्न नसक्नेहरुले भ्रम छर्न खोजेको छ पदम गिरी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार ३१ । नेकपा एमालेका सांसद पदम गिरीले सरकारले गरेका राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोजेको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले बिकास निर्माणका सवालमा सरकारले गरेका राम्रा कामलाई चूनौति दिन नसकेपछि प्रधानमन्त्रीको स्पेन भ्रमणलाई देखाएर भ्रम छर्न खोजेको बताउनुभएको हो । उहाले प्रधानमन्त्रीसंग स्पेन गरेका सवै सदस्यहरुले स्वदेश फकिएको उल्लेख गर्दै अघिपछि बिभिन्न बिमानमार्फत गएका व्यक्तिहरुको जिम्मा सरकारले लिन नसक्ने तर्क गर्नुभयो ।

त्यस्तै सांसद गिरीले वर्तमान सरकारको १ बर्षमा बिग्रिएको अर्थतन्त्रलाई सहि दिशामा ल्याउने काम भएको दावी गर्नुभयो । बिगतको सरकारले भन्दा अहिलेको सरकार आएपछि राजस्व संकलनमा बृद्धि भएको, आर्थिक बृद्धिमा सुधार भएको, मुद्रा संचितीको अवस्थामा सुधार आएको उहाले बताउनुभयो ।

उहाले आर्थिक क्षेत्रमा निकै सुधार भएपनि प्रयाप्त नभएकाले सवै मिलेर मुलुकको बिकास र समृद्धिमा बहस गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्