काठमाडौं, ३० असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् न्यूनीकरण र उद्धार तथा राहत वितरणमा एकजुट्न हुन आह्वान गरेको छ ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विज्ञप्ति निकालेर पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य साथै शुभेच्छुकहरूमा आह्वान गरेका हुन् ।
मनसुन भित्रिने क्रमसँगै देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटना बढ्ने र यसबाट ठूलो जनधनको क्षति हुन सक्ने विगतका अनुभवले देखाएको विज्ञप्तिमा उल्लेख छ ।
मौसम विज्ञान विभागले समेत यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिसकेको सन्दर्भमा सबै थप सचेत र पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको विज्ञप्तिमा भनिएको छ ।











