काठमाडौं, ३० असार । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज (सोमबार) को प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
प्रचण्डले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले बैठकमा सम्बोधन गर्ने भएका हुन् । उनले रसुवाको भोटेकोशीमा आएको बाढीपहिरो र समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् ।
सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएकाले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन माओवादीले निर्देशन गरेको छ ।











