वर्तमान सरकारले आफ्नो औचित्य गुमाउदै गएको छ -शक्ति बस्नेत

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार २९ । नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले वर्तमान सरकारले आफ्नो औचित्य गुमाउदै गएको बताउनुभएको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बस्नेतले संविधान संशोधन, सुशासन, बिकास निर्माण लगाएत सवैमा सरकारले ध्यान दिन नसकेको भन्दै सरकारले आफ्नो औचित्य गुमाउदै गएको बताउनुभएको हो ।

वर्तमान सरकार जनताप्रति उत्तरदायी र आफ्नो कामकारवाही प्रति जवाफदेही समेत नदेखिएको उहाले बताउनुभयो । बस्नेतले वर्तमान सरकार सुशासनका लागि नभइ अनियमिताको ढाकछोप गर्नका लागि बनेकाले मन्त्रीहरुको बिभिन्न प्रकरण आउनु नौलो कुरा नभएको तर्क गर्नुभयो ।

उहाले सुशासनका बिषयमा सरकारबाट अपेक्षा गर्नु मुर्खता हुनेजस्तो देखिएको समेत बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्