काठमाडौं महानगरमा बजेट ल्याउने गरी बैठक सुरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। काठमाडौं महानगरपालिकाको १७औँ नगरसभा बैठक सुरु भएको छ। बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउने भएको छ।

दिउँसो दुई बजे बस्ने गरी बोलाइएको बैठक केही ढिला गरी सुरु भएको हो। गत शुक्रबार बसेको ४०औँ कार्यपालिका बैठकमा मेयर बालेन शाहले आइतबार बजेट ल्याउन प्रस्ताव पेश गरेका थिए।

राजश्व परामर्श समितिको बैठकले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ। संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने थियो। 

काठमाडौं महानगरभित्रको विवाद हुँदा आज बजेट आउने भएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्