प्रधानमन्त्री गृह जिल्ला झापामा

खबर बुक
  • ख-
  • ख+

प्रधानमन्त्री गृह जिल्ला झापामाकाठमाडौं, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा पुगेका छन्। दुई दिनसम्म झापा र इलाममा हुने कार्यक्रममा सहभागी हुन त्यहाँ गएका हुन्।

शनिबार बिहान ११ बजे प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थलमा नेकपा (एमाले) कोशी प्रदेश इञ्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत नेताले स्वागत गरे । ओली आइतबारसम्म झापा र इलाम जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

एमाले झाफका अध्यक्ष प्रेम गिरीका अनुसार प्रधानमन्त्री ओलीले आजै बुद्धशान्ति गाउँपालिका–३ स्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नुका साथै कन्काई नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपूर्जा वितरण गर्ने कार्यक्रम छ ।

यस्तै आज इलाम जिल्लाको माई नगरपालिकाका अव्यवस्थित बसोबासी, भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाको धनीपुर्जा वितरण गर्ने र माई नगरपालिकामा रहेको नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले बताए।

आइतबार दमक नगरपालिकास्थित कृष्ण मन्दिरबाट उत्तरपूर्वतर्फको मदनडाँगी–ताराबारी–डिपो सडकखण्डको उद्घाटन र बिर्तामोडको सिटीसेन्टरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरेपछि प्रधानमन्त्री काठमाडौँ फर्किने कार्यक्रम छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्