“तिम्रो लागि” गीतको म्युजिक भिडियो सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

पछिल्लो समय निकै ब्यस्त म्युजिक भिडियो निर्देशक बिजय मगरको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मनोज खड्काको स्वरमा रहेको एज अजुको शब्द तथा संगीतमा रहेको “तिम्रो लागि” बोलको गीतको म्युजिक भिडियो एज अजु युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

फोर बि. पिक्चर र दामी क्रिएसन द्वारा संयुक्त प्रस्तुती रहेको “तिम्रो लागि” गीतको म्युजिक भिडियोमा अर्जुन खड्का र भावना मगरको अभिनय देख्न सकिन्छ । उक्त भिडियोलाई सनम तामाङले छायांकन गरेका हुन् भने अर्जुन खड्काले संपादन गरेका हुन ।

काठमाडौं उपत्यकामा नै छायांकन गरीएको उक्त म्युजिक भिडियोले दर्शकहरुको मन जित्ने कुरामा आफु ढुक्क रहेको निर्देशक मगर बताउनु हुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्