वर्तमान गठबन्धनको सरकार धेरै दिन टिक्दैन:माओवादी

खबर बुक
  • ख-
  • ख+

नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने तर्क गरेको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाडामा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारप्रति कांग्रेसभित्रै चर्को आक्रोश रहेकाले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने बताएका छन । सरकारलाई लिएर कांग्रेसभित्र चर्को अन्तर्विरोध देखिएकाले सरकारका आयु धेरै दिन छैन भन्ने सहजै अनुमान लगाउन सकिने उनले बताए ।

सापकोटाले आफहरु सरकार ढाल्ने खेलमा भने नरहेको स्पष्ट पारे । उनले संविधान संशोधनको आवरण बनाएर दुई दलको सरकार बनाइएको भन्दै अहिले दुई दलको सरकार अधिनायकवादको दिशातर्फ उन्मुख रहेको जिकिर गरे । वर्तमान सरकार मुलुकको कलंकको रुपमा स्थापीत भइरहेको उनको भनाइ छ ।

त्यस्तै उनले निजामति विधेयकका बिषयमा सांसदहरुको इमानमाथि प्रश्न उठेको भन्दै यसको जिम्मा संसदको नेतृत्व तहले लिनुपर्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्