निजामति विधेयकमा चलखेल गर्नेलाई कारवाही हुनुपर्छ:कार्यवाहक प्रधानमन्त्री सिंह

खबर बुक
  • ख-
  • ख+

कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निजामति विधेयकमा चलखेल गर्नेलाई कारवाही हुनुपर्ने बताएका छन ।

बुधबार काठमाडौंमा कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै निजामति विधेयकमाथि तलमाथि भएको कुरा आएको भन्दै छानविन हुने बताएका हुन । छानविनपछि जोसुकै दोषी भएपनि कारवाही हुनुपर्ने उनले बताए ।

सिंहले संविधान निर्माण गर्दा हस्ताक्षर गर्नेहरुले नै संविधानको विरोध गर्नु उचित नभएको धारणा राखे । उनले सरकारको आलोचना गर्ने नेताहरुले आफु सरकारमा बस्दा के गरे भन्ने बिर्सन नहुने उल्लेख गरे । त्यस्तै उनले सरकारको कामकारवाहीलाई जनताले हेरेर बसेको भन्दै जनताका लागि काम गर्न आफुहरु राजनीतिमा आएको बताउनुभयो । सिंहले जनता र देशका लागि काम नगर्ने नेताहरुलाई जनताले निर्वाचनमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन निर्माणमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्