काठमाडौं, १८ असार । सङ्घीय निजामती सेवा विधेयक २०८० राष्ट्रियसभामा टेबुल भएको छ । आज (बुधबार) बसेको बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले उक्त विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गरेका हुन् ।
त्यसअघि बैठकको शून्य समयमा राष्ट्रिय सभाका सदस्यहरूले सङ्घीय निजामती सेवा विधेयकमाथि चलखेल भएको भन्दै छानबिन हुनुपर्ने माग गरेका थिए । राष्ट्रियसभा सदस्य रुक्मिणी कोइरालाले निजामती विधेयकमा चलखेल भएको भन्दै सत्य तथ्य बाहिर ल्याउन माग गरिन् ।
यस्तै राष्ट्रियसभा सदस्य बिष्णुकुमारी सापकोटाले विधेयकमा देखिएका त्रुटिहरूलाई सच्चाउन माग गरिन् । उनले विधेयकमाथि चलखेल गर्नेमाथि छानबिन गरेर कारवाही गर्न माग गरिन् ।
.











