म्यानमार भूकम्पमा मृत्यु हुनेको एक हजार पुग्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , चैत १६ । म्यानमारमा शुक्रबार गएको भूकम्पमा परेर हालसम्म कम्तीमा एक हजारजनाको मृत्यु भएको छ । ठूलो संख्यामा घाइते भएका छन् । 

अझै ठूलो संख्यामा मृतक र घाइतेको संख्या बढ्नसक्ने सरकारी अधिकारीहरूले बताएका छन् । 

म्यानमारमा शुक्रबार ७.७ म्यासग्निच्युडको भूकम्प गएको थियो ।

सयौं माइल टाढा, थाइल्यान्डको राजधानी बैंककमा निर्माणाधीन ३० तले भवन भूकम्पका कारण भत्किएको थियो । बैंकको एक भवन भत्किँदा १५ जना भग्नावशेषमा फेसको बीबीसीले जनाएको छ ।

बैंककमा एक निर्माणाधीन भवन भत्किँदा करिब एक सय कामदार  बेपत्ता छन् । ६ जनाको जनाको मृत्यु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्