भिषा नियम उलङ्घन गरेमा अमेरिकावाट निष्काषित गरिनेछ: अमेरिकी दुतावास

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ चैत। भिषा नियम उलङ्घन गरेमा अमेरिकाले निष्काषन गर्ने भएको छ। नेपालस्थित अमेरिकी दुतावासले एक सुचना जारी गर्दै सो चेतावनी दिएको हो।

अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं,´दुतावासले भनेको छ,र यदि उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं।`

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्