विदेशी मुद्राको आजको विनिमय दर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ मंसिर ।  नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार एक अमेरिकी डलरको खरिदर १२९ रुपैयाँ ७८ पैसा छ भने बिक्रीदर १३० रुपैयाँ ३८ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ २८ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९१ पैसा छ भने अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ०३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४४ पैसा कायम भएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५२ पैसा र यस्तै सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ९० पैसा र बिक्रीदर ९५ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ।

जापानी येनमा १० एकको खरिदमा ९  रुपैयाँ ३१ पैसा र बिक्रीमा ९ रुपैयाँ ३६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४१ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैइाँ ६५ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २८ रुपैयाँ ६९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्