गायक विकास राणाको ‘नखरा कबुल’ सार्वजनिक ( भिडियो )

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर उड्डयन क्षेत्रका सफल व्यवसायी एवम गायक विकास राणाको रहेको छ।

गीतमा शब्द नारायण नेपालको रहेको छ भने शशि बिक्रम थापाको संगीत रहेको छ। यस गीतलाई विनोद भुजेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक पुष्प खड्का फिचर्ड छन्। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्।

निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसिएल’ मार्फत सार्वजनिक भएको हो। यसअघि गायक राणाको स्वरमा समावेश ‘प्रेमको परिभाषा’, ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्यौ’, ‘शैलुङ’ बोलका गीतहरु सार्वजनिक भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्