गगन थापालाई भोट माग्दै अभिनेत्री केकी अधिकारीले दिइन् जितको शुभकामना

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३० कात्तिक । अभिनेत्री केकी अधिकारीले काठमाडौं क्षेत्र नम्बर १० का उम्मेदवार गगन थापालाई जितको शुभकामना दिएकी छन् ।

गगन थापाको जितले सम्भावनाको ढोका खुल्ने एक राजनीतिज्ञको रुपमा उदय होस् भन्ने आफूले चाहेको भन्दै उनले थापाका लागि मत मागेकी हुन् ।

गगन थापाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा केकीले थापाले संसदमा असल जनप्रतिनिधिको भूमिका निर्वाह गर्दै साहस, लगनशीलता देखाएको बताइन् ।

राष्ट्रिय चासो र चिन्ताको विषयमा पनि संसदमा थापाले आवाज उठाएको भन्दै उनले थापालाई जितको शुभकामना दिएकी हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्