राष्ट्रिय सभा निर्वाचन : कोशीमा एमाले र राप्रपाको तालमेल

खबर बुक
  • ख-
  • ख+

विराटनगर, ८ माघ । आसन्न राष्ट्रिय सभा सदस्य चयनका लागि हुन लागेको निर्वाचनमा एमाले र राप्रपाले तालमेल गरेका छन् ।

कोशी प्रदेशमा उनीहरुले तालमेल गरेका हुन् । 

सोमबार भएको छलफलमा दुई दलका नेताहरु राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा तालमेल गर्न सहमत भएका हुन् ।  

एमालेका मतदाताले राप्रपाको उम्मेदवार उद्धव पौडेललाई र राप्रपाका मतदाताले एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई मतदान गर्ने सहमति भएको छ । 

यही ११ माघमा राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुँदै छ । कोशी प्रदेशमा दुई सिटका लागि मतदान हुँदै छ । 

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्