आज माग सम्बोधन नभए भोलीदेखि इर्मजेन्सी सेवा बाहेकका सेवा बहिष्कार गर्ने शिक्षक–कर्मचारीको चेतावनी

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २८ पुस । सरकारले गरेको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक एवं कर्मचारीले आन्दोलनको कार्यक्रम तय गरेका छन् ।

सरकारले प्रतिष्ठानका शिक्षक तथा कर्मचारीसँग गरेको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै उनीहरूले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । सरकारले प्रतिष्ठानका चिकित्सक, कर्मचारीहरूको बढुवाका लागि अन्तरवार्ता गर्ने सहमति गरेको थियो । सहमति अनुसार बढुवाको प्रक्रियाका लागि हुनुपर्ने अन्तर्वार्तामा विलम्ब भएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

यसैबिच वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई तत्काल बर्खास्त गरेर गतिरोध अन्त्य गर्न आन्दोलनरत शिक्षक कर्मचारीहरुले कुलपति एवं प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् । शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजको संयुक्त बैठकले निर्णय गरेपश्चात प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिहिबार नै पत्राचार गर्दै आन्दोलनरत पक्षले का.मु.उपकुलपति डा.कार्कीलाई बर्खास्त गर्न माग गरेका हुन् ।

प्रतिष्ठानका शिक्षक कर्मचारीहरुको अवरुद्ध भएको बढुवा प्रक्रिया सुचारु गर्न प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीबाट पनि निर्देशन भइसकेको र गत कार्तिक २० गते भएको वार्तामा पुष २ गतेबाट प्रक्रिया सुचारु गर्ने सहमति भएपनि का.मु.उपकुलपतिले अनेक बाहाना गरेर प्रक्रिया रोकिराखेको प्रधानमन्त्रीलाई पठाएको पत्रमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्