काँग्रेसभित्रको मतभेद तत्काल अन्त्य गर्न आवश्यक : शेरबहादुर देउवा

खबर बुक
  • ख-
  • ख+

सुनसरी, ६ साउन ।  नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र देखा परेका मतभेदलाई तत्काल अन्त्य गर्न अति आवश्यक भएको बताउनुभएकाे छ ।

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको जिल्ला सम्मेलनमा बोल्दै उहाले आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन पनि पार्टीभित्र देखा परेका मतभेद अन्त्य गर्न ढिलाइ गर्न नहुने तर्क गर्नुभयाे।

लोकतन्त्रलाई सुदृढ बनाउन र मुलुकमा स्थायी शान्ति र समृद्धि ल्याउन पनि नेपाली काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने भएकाले पार्टीभित्र एकताबद्ध हुन जरुरी रहेको देउवाको भनाइ थियो।

सभापति देउवाले पार्टीभित्र एकता कायम भए नेपाली काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दावी समेत गर्नुभयाे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्