सरकारको ध्यान सुशासन र बिकासमा केन्द्रीत छः मन्त्री गुरुङ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २६ असार । सहरी विकास मन्त्री सीता गुरुङले सरकारको ध्यान सुशासन र बिकासमा केन्द्रीत रहेको बताउनुभएको छ ।

मंगलबार ललितपुर जिल्ला समन्वय समितिको जिल्ला सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले मुलुकमा राजनीतिक लडाई सकिएकाले अव सरकारको ध्यान सुशासन र बिकासमा केन्द्रीत रहेको बताउनुभएको हो । उहाले विदेशमा नभई नेपालमा नै अवसरको खोजी गर्दै मुलुकको समृद्धिमा लाग्न आह्वान गनुृभयो ।

मन्त्री गुरुङले अहिले सवै समस्या समधानका लागि सिंहदरबारमा आउनुपर्ने अवस्थाको अन्त्य भइसकेको अवस्थामा बढी अधिकार स्थानीय सरकार दिइएको जिकिर गर्नुभयो । उहाँले जिल्लाभित्रै पनि स्थानीय सरकारहरुबीच समन्वय गरेर कामहरूलाई सहज बनाउन, प्रदेश र सङ्घबीच समन्वय गर्न जिल्ला समन्वय समिति आवश्यक रहेको बताउनुभयो । अहिले अनुगमन, मूल्याङ्कन र समन्वयलाई मुख्य प्राथमिकतामा राखेर काम हुन नसकेकाले देशैभर समस्या भएको बताउनुभयो ।

त्यस्तै कांग्रेस नेता उदयशम्शेर राणाले भूकम्प पीडितहरुको समस्या समाधान हुन अझै बाँकी रहेको र ललितपुरलाई बजेटमा विभेद गरिएको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्