स्वास्थ्य मन्त्रालयले मुलुकभर स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख २१ । स्वास्थ्य मन्त्रालयले मुलुकभर स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बिहीबार मन्त्रालयमा पदबहाली गर्दै नवनियुक्त स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले संक्रामक एवं महामारीको रुपमा रोगहरु फैलन नदिन संघ, प्रदेश र स्थानीय तहसंगको समन्वयमा दातृ निकाय एवं संस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

त्यस्तै उहाले स्वास्थ्य संस्था मार्फत स्वास्थ्य विमाको सेवालाई थप व्यवस्थीत, प्रभावकारी र विश्वसनीय बनाउने निर्णयमा पनि हस्ताक्षर गर्नुभएको छ भने आम नागरकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरुमा साधन, श्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधा सहित चिकित्सकहरुलाई अधिकतम परिचालन गर्ने निर्णय गर्नुभएको छ ।

मन्त्री बस्नेतले संघ प्रदेश र स्थानीय तहमा रहेका अस्पतालको अनुगमन गरि प्रतिवेदन पेश गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति समेत गठन गर्नुभएको जानकारी दिनुभयो । उहाले मन्त्रालयमा धेरै काम गर्नुपर्ने भन्दै सवै कर्मचारीहरुको साथ लिएर अघि बढ्न बताउनुभयो ।

देशमा बिभिन्न किसिमको रोग देखा पर्न थालेको भन्दै देशको विशिष्ट परिस्थीतिमा जनतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्