दाङमा ट्रकको ठक्करले मोटरसाइकलमा सवार २ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख
  • ख+

दाङ, ४ वैशाख । दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका- ११ खैराका २६ वर्षीय सन्देश बस्नेत र मोटरसाइकलमा सवार सोही ठाउँका १७ वर्षीय गोपाल विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमका अनुसार आज दिउँसो घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले खैराचोकमा लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

चालक विकको घटनास्थलमै र बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गौतमले जानकारी दिनुभयाे ।

प्रहरीले ट्रक चालक नवलपरासीको सरावल गाउँपालिका- ३ पिपराका २८ वर्षीय ध्रुवकुमार यादवलाई नियन्त्रणमा लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्