यातायात व्यवस्था सुधारकाे विषयमा प्रदेश सरकारसँग छलफल गरिरहेको छाै- मन्त्री श्रेष्ठ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ पुस । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार काठमाडौं उपत्यकाका यातायात कार्यालयको अनुमगन गरेका छन् ।

सवारी चालक अनुमतिपत्र लिनदेखि विभिन्न सेवा प्राप्त गर्न सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको गुनासो आइरहेका बेला उप्रधान तथा यातायात मन्त्री श्रेष्ठले मंगलबार एकान्तकुना, ठूलोभर्‍याङ र गुर्जुधारा यातायात कार्यालयको अनुगमन गरेका हुन् । सो क्रममा उनले सेवाग्राहीका गुनासो समेत सुनेका थिए ।

मन्त्री श्रेष्ठले यातायात व्यवस्था सुधार विषयमा सरकारले तत्काल काम थाल्नका लागि प्रदेश सरकारसँग छलफल गरिरहेको जानकारी दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्