मिसाइल प्रहारसँगै उत्तर कोरियाले स्वागत गर्यो नयाँ वर्ष

खबर बुक
  • ख-
  • ख+

प्योङयाङ, १७ पुस।उत्तर कोरियाले आइतबार बिहान आफ्नो पूर्वी तटमा छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।

नयाँ वर्षको दिनमा एक विहानै उत्तरले हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको हो । उत्तर कोरियाले व्यालिस्टिक मिसाइल प्रहार गरेको २४ घन्टा बित्न नपाउँदै छोटो दूरीका मिसाइल प्रहार गरेको हो ।

राजधानी प्योङयाङको रोङसोङ क्षेत्रबाट स्थानीय समय अनुसार बिहान २ः५० बजे प्रहार गरेपछि पछिल्लो क्षेप्यास्त्र करिब ४०० किलोमिटर (२४९ माइल) उडेको दक्षिण कोरियाका संयुक्त प्रमुख कर्मचारी (जेसीएस) ले भनेको छ ।

जेसीएसले प्योङयाङलाई तत्काल परीक्षण  रोक्न आग्रह  गर्दै भनेको छ ‘हामी उत्तर कोरियाको शृंखलाबद्ध क्षेप्यास्त्र परीक्षणको कडा निन्दा गर्छौं जुन कोरियाली प्रायद्वीप र अन्तर्राष्ट्रिय समुदायको शान्ति र स्थिरतामा चोट पु¥याउने गम्भीर उत्तेजना हो । ’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्