काठमाडौं । काठमाडौंको कलंकीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका १९ वर्षीय रुपेश पाख्रिनसहित तीन जना रहेका छन्।
बुधबार बिहान साढे ३ बजेतिर रुपेश र सोही ठाउँका १८ वर्षीय रोशन पाख्रिनबीच विवाद भएको थियो। विवादपछि कुटपिट हुँदा रोशन गम्भीर घाइते भएका थिए।
घाइते रोशनलाई उपचारका लागि कलंकीस्थित शहीद मेमोरियल अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि अनुसन्धानमा खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।










