नेपालबाट मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो रहने पूर्वानुमान

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेपालबाट यस वर्षको मनसुन पूर्णरूपमा बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज असोज २८ गते देशका सबै भूभागबाट मनसुन बाहिरिएको जानकारी दिएको हो।

यस वर्ष असोज १७ गतेदेखि पश्चिमी तथा उत्तरी भूभागका केही स्थानबाट मनसुन बाहिरिन सुरु गरेको थियो। सामान्यतया नेपालमा जुन १३ अर्थात् असार ३० गते मनसुन भित्रिने र अक्टोबर २ अर्थात् असोज १६ गते बाहिरिने गर्छ। तर, यस वर्ष जुन १९ अर्थात् असार ५ गते मनसुन भित्रिएको थियो भने सरदर मितिभन्दा १२ दिनपछि बाहिरिएको छ।

यस वर्ष मनसुन बाहिरिने सरदर अवधिमा नेपालमा सरदर वर्षा भएको छ। यद्यपि, भौगोलिक क्षेत्रअनुसार वर्षाको मात्रा र प्रतिशत फरक रहेको छ। तराई र पहाडी क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा बढी वर्षा भएको जनाइएको छ।

मौसमविद्हरूका अनुसार मनसुन पूर्णरूपमा बाहिरिएसँगै आगामी केही दिन मौसम घमाइलो रहनेछ। पहाडी भेगका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहे पनि समग्रमा दसैँको समयमा मौसम घमाइलो रहने पूर्वानुमान गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्