विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–६ को अधिवेशनका क्रममा संस्थापन र इतर समूहका कार्यकर्ताबीच झडप भएको छ।
क्रियाशील सदस्यताको विषयलाई लिएर भएको तोडफोड र कुटपिटपछि अधिवेशन प्रक्रिया नै अनिश्चित बनेको छ।
झडपका क्रममा कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौलामाथि समेत हातपात र दुर्व्यवहार भएको छ। यस्तै, कुटपिटबाट पार्टीका क्षेत्रीय कार्यवाहक सभापति एवं पूर्वसांसद चुमनारायण तबदार र नेता चेतराज रेग्मीलगायत घाइते भएका छन्।
घाइते नेता–कार्यकर्ताहरूको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।









