दुर्गा प्रसाईंलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

प्रसाईंलाई सोमबार साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

साइबर ब्युरोले प्रसाईंलाई केही समयअघि पक्राउ गरेको जनाइएको छ । उनी यसअघि पनि विभिन्न मुद्दामा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए ।

प्रसाईंमाथि साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्