हेटौंडाबाट काठमाडौं जाँदै गरेको ईभी दुर्घटना : चार जनाको मृत्यु, चार जना घाइते

खबर बुक
  • ख-
  • ख+

हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार गाडीमा सवार ८ जनामध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको हो। बाँकी चार जनालाई उद्धार गरी उपचारका लागि पठाइएको छ।

उद्धार गरिएकामध्ये एक जनालाई हेटौंडा अस्पताल पठाइएको छ भने अन्यलाई काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।

मंगलबार दिउँसो करिब २ बजे दुर्घटना भएको हो। दुर्घटनामा परेको गाडी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्