स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

खबर बुक
  • ख-
  • ख+

महोत्तरी । गौशाला नगरपालिका –९ डुमरवाना स्थित भित्री सडक-खण्डमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ घाइते भएका छन् ।

मंगलबार बिहान करिब ७:३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा १ क ६१२९ नम्बरको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा बस चालक गौशाला नगरपालिका –०५ निवासी अन्दाजी ४० वर्षीय विजय भुजेल सहित बसमा सवार ६ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ ।

घाइतेहरूको उपचारका लागि बिके अस्पताल गौशाला महोत्तरी तथा स्थानीय मेडिकलमा पठाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्