संसदमा ज्ञानेन्द्र शाहीकाे प्रश्न : के कर्णालीका जनता यो देशका नागरिक होइनन् ?

खबर बुक
  • ख-
  • ख+

काठमाडौं: राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णाली नदीमा भएको सवारी दुर्घटनापछि उद्धारमा भएको ढिलाइप्रति सरकारको चर्को आलोचना गरेका छन्।

साेमबारकाे प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले दुर्घटनामा परेका नागरिकले उद्धारका लागि गुहार मागिरहँदा राज्य प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाए।

शाहीले मन्त्री चढेको हेलिकप्टर आकाशमा उडिरहेको तर उद्धार समयमै हुन नसकेको भन्दै सरकारको संवेदनशीलतामाथि प्रश्न उठाएका हुन्। ‘के कर्णालीका जनता यो देशका नागरिक होइनन्? यदि कर्णाली पनि नेपाल हो भने, विपद्को बेला राज्य किन अनुपस्थित हुन्छ? कर्णालीका नागरिकको ज्यानको मूल्य आखिर कति हो?’, उनकाे प्रश्न छ।

शाहीले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, उद्धारमा भएको ढिलाइको जिम्मेवारी निर्धारण गर्न, दोषीमाथि कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रभावकारी व्यवस्था गर्न सरकारलाई सभामुखमार्फत रुलिङ गर्न माग गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्