प्रधानमन्त्री कार्कीद्धारा पशुपतिमा रुद्राभिषेक पूजा

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ४ चैत । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बिहान पशुपतिनाथको दर्शन गर्नुको साथै रुद्राभिषेक पूजा गरेकी छिन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि उनले आराध्यदेव पशुपतिनाथलाई धन्यवाद स्वरुप उक्त पूजा गरेकी हुन् ।

मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि गरिन् ।

मुलुकभर सबै नेपालीबिच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी उनले पुकारा पनि गरिन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्