प्रधानमन्त्रीप्रति सांसद पन्तको कटाक्ष- महिलामाथि बहुमतको अहंकार प्रदर्शन गर्नुभयो

खबर बुक
  • ख-
  • ख+

२८ वैशाख, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलकी नेता कमलादेवी पन्तले प्रधानमन्त्री बालेन शाहले अध्यादेश र अंकगणितको आडमा महिलामाथि जघन्य हिंसा गरेको बताएकी छन् ।

प्रधानन्यायाधीश सिफारिस प्रकरणको मुद्दा उठाउँदै सांसद पन्तले सोमबार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री शाहप्रति यस्तो कटाक्ष गरेकी हुन् ।

उनले भनिन्, ‘कुनै दिन आफ्नो श्रीमतीसँग जोडिएको एउटा घटनामा खुबै संवेदनशील देखिएर सामाजिक सञ्जालमा नानाभाँती लेख्नुहुने सम्माननीय प्रधानमन्त्रीज्यूले आज अर्को सक्षम महिलामाथि बहुमतको अहंकार प्रदर्शन गर्नुभएकोबाट समग्र महिलाको मन दुखेको छ। हामी महिलाहरू दुःखी छौं । महिला भएकै कारणले निमित्त चलाइ सकेको सिनियर महिला प्रधानन्यायाधीशमाथि आक्रमण गरिएको छ । अध्यादेश र अंकगणितको आडमा गरिएको यो जगन्य महिला हिंसा हो भन्ने आम ठम्याई छ ।’

पूर्ववर्ती सरकारको विकल्पका रूपमा परिवर्तनको नाराका साथ सत्तारोहण भएको वर्तमान सरकारले पहिलो गाँसमै अध्यादेश मार्फत संवैधानिक परिषद्‍को कार्यविधिमा पुरानै चलखेललाई समेत उछिन्ने गरी पराक्रम देखाएको उनको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्