भिजिट भिसामा अग्नि सापकोटा साटिएको भनेर गलत प्रचार गरियोः प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा र अग्नी सापकोटाको विषयमा कुनै साइनो नरहेको बताएका छन्।

शनिबार विराटनगर पुगेका प्रचण्डले विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा भिजिट भिसामा अग्नी सापकोटा साटिएको भनेर गलत प्रचार गरिएको बताउँदै ती छुट्टाछुट्टै विषय रहेको बताएका हुन्।

अग्निसँग साटेको कुरा विल्कुल गलत कुरा हो। वाइयात कुरा मानिसहरूले प्रचार गरिराखेका छन्। त्यस्तो होइन। यो कुरा र अग्निको कुनै साइनो सम्बन्ध छैन,ु अध्यक्ष प्रचण्डले भने।

शुक्रबार ‍राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले माओवादी केन्द्रले अग्नी सापकोटाको मुद्दासँग भिजिट भिसा प्रकरण साटेको भनेर आरोप लगाएका थिए।

उनले देश र जनताको बृहत्तर हितको निम्ति तत्काललाई दुई बुँदे सहमति गरेर संसद सुचारू हुने परस्थिति बनाइएको बताए।

जनताको हितका लागि कहिले अघि बढ्ने कहिले पछि हट्ने, कहिले सहमति गर्ने कहिले विद्रोह गर्ने यो सधैँ चलिरहन्छ,ु उनले भने।

उनले संघीय निजामति, विद्यालय शिक्षा लगायतका थुप्रै विधेयहरुलाई अन्तिम रूप दिएर पारित गर्नुपर्ने भएकाले ती सबैलाई हेरेर तत्काललाई सहमति गरिएको बताए। सहमति गर्दा माओवादीले भिजिट भिसाको विषय छाडेको नहुने उनले बताए । भिजिट भिसामा भएको वा अध्यागमनमा भएका कुराहरुको छानबिनका लागि भनेर त अध्ययन छानबिन गरेर आवश्यक नीतिगत संरचना सबै बनाउने र एक महिनाभित्र अगाडि बढाउने भनिएको छोडेको हुन्छ उनले भने।

अध्यक्ष प्रचण्डले माओ‌वादीले भिजिट भिसाको विषय गम्भीर भएको र यो गृहमन्त्रीसँग मात्रै सम्बन्धित नरहेको बताए। यसमा अरू प्रतिपक्षी दलहरूले के के बोले भन्ने विषयमा उनीहरू नै जिम्मेवार हुने प्रचण्डको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्